बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

एनआरएनए युरोप संयोजकमा डा. चिरञ्जीवि खड्काले उम्मेदवारी दिने घोषणा

दैनिक नेपाल २०८० असोज १२ गते ८:५४

काठमाडौं, १२ असोज । गैर आवासीय नेपाली संघ (एनआरएनए)को युरोप संयोजकमा डाक्टर चिरञ्जीवी खड्काले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

एनआरएनए आइसीसी सदस्य समेत रहेका खड्काले अक्टोवर तेस्रो साता हुने निर्वाचनमा युरोप संयोजकमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । डा. खड्काले एनआरएनए एनसीसी चेक रिपब्लिकको दुई पटक अध्यक्ष र आइसीसी सदस्य भएर काम गरिसकेका छन् ।

डा. खडका पेशाले वैज्ञानिक पदमा ग्लोबल चेन्ज रिसर्च इन्स्टिच्युट, चेक रिपब्लिक तथा राष्ट्रिय अन्तराष्ट्रिय निकायमा कन्सलटेन्ट रुपमा कार्यरत रहेका छन् ।

‘गैरआवासीय नेपाली अभियानको शुरूआतीकाल देखिनै म सक्रिय रहँदै आएको छु । यस अभियानमा म एनसीसी चेक रिपब्लिकको दुई पटक अध्यक्ष र आइसीसी सदस्य भएर काम गरिसकेको छु । आइसीसी मिडिया तथा प्रकाशन समितिको सदस्य सचिव, क्षेत्रीय सम्मेलन आयोजक स्टेरिङ कमिटीको सदस्य सचिव र विभिन्न कार्यदलको सदस्य भई धेरै अनुभव समेत बटुलेको छु । म पेशाले वैज्ञानिक पदमा ग्लोबल चेन्ज रिसर्च इन्स्टिच्युट, चेक रिपब्लिक तथा राष्ट्रिय अन्तराष्ट्रिय निकायमा कन्सलटेन्ट रुपमा कार्य गरिरहेको छु ।’ खड्काले भनेका छन्, ‘गैरआवाशिय नेपाली संघ जस्तो संस्थाको संरचनागत र संस्थागत विकासका विषयहरूमा समेत मैले धेरै अनुभव हासिल गरेको छु । यो संस्थालाई कसरी आत्मनिर्भर, प्रभावकारी, व्यवहारिक र अझ बृहत बनाउन सकिन्छ भन्ने स्पष्ट मार्ग चित्र सहित म आगामी कार्यकाल २३-२५ को लागि युरोप क्षेत्रीय संयोजक पदमा रहेर कामगर्ने दृढ प्रतिवद्धतासहित आकांक्षीको रूपमा प्रस्तुत भएको छु । तपाईहरूको साथ र सहयोगको लागी म विनम्र अनुरोध गर्दछु ।’

उनले आइसीसी सदस्यहरूलाई प्रभावकारी रूपमा अभियानसँग जोड्न, क्षेत्रीय परिषद्लाई संरचनागत रूपमा व्यवस्थित गर्न, राष्ट्रिय समन्वय परिषद्हरूलाई अधिकतम अधिकार सम्पन्न गराउँदै केन्द्रप्रति उत्तरदायी बनाउन, सबै क्षेत्रहरूमा क्षेत्रीय कोषलाई फाउन्डेशन मार्फत व्यवस्थापन गर्न, राष्ट्रिय समन्वय परिषद्हरूमा सदस्यता वितरण आफूले उम्मेदवारी दिन लागेको बताएका छन् ।

डा. खड्काले निर्वाचन प्रक्रियालाई थप व्यवस्थित गर्न, केन्द्रीय सचिवालयलाई क्षेत्रीय गतिविधिहरूमा अधिकतम प्रयोग गर्न विभाग बनाई काम गर्न, सचिवालय बैठकदेखि क्षेत्रीय सम्मेलन सम्मका गतिविधिहरूलाई थप व्यवस्थित गरी सबैको अधिकतम सहभागिताको सुनिश्चितता गर्न, पर्यटन र नेपाली उत्पादनको प्रवर्धनलाई राष्ट्रिय समन्वय परिषद्हरूको स्थाई कार्यक्रमको रूपमा स्थापित गराउने लगायतका थुप्रै कामहरू गर्ने योजना रहेको बताए । उनले आफूले बनाएको योजनाहरुलाई पूरा गर्न आवश्यक अनुभव समेत बटुलेको विश्वास व्यक्त गर्दै आगामी कार्यकाल २३-२५ मा केन्द्रीय ज़िम्मेवारीमा रहेर काम गर्ने ईच्छा रहेको उल्लेख गरेका छन् । उनले आफलूलाई सबैले अमूल्य मत, साथ र सहयोग गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित