२७ कार्तिक २०८३, शुक्रबार

एमाले कोशीको प्रथम अधिवेश आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १२ असोज । नेकपा (एमाले) कोशी प्रदेशको प्रथम अधिवेशन आजदेखि प्रदेशको राजधानी विराटनगरमा हुँदैछ ।

अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको प्रदेश कमिटीका अध्यक्ष तुलसीप्रसाद न्यौपानेले जानकारी दिए । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले मध्यान्ह १२ बजे गर्ने कार्यक्रम रहेको छ ।

अधिवेशनमा पालिका, जनवर्गीय संगठन र मनोनितसहित १ हजार ४७ जना प्रतिनिधि सहभागी हुने छन् ।

अधिवेशनले पाँच पदाधिकारीसहित २१५ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्नेछ । अधिवेशनमा सर्वसम्मत नेतृत्व छनोटको प्रयास हुने र सहमति नभए निर्वाचन हुने एमाले कोशी प्रदेश कमिटीले जनाएको छ ।

कोशी प्रदेश अध्यक्षका लागि केन्द्रीय सदस्यसहित चार आकांक्षी देखिएका छन्  । अध्यक्षका लागि एमाले केन्द्रीय सदस्य विनोद ढकाल (मोरङ), घनश्याम खतिवडा (मोरङ), वर्तमान प्रदेश अध्यक्ष तुलसीप्रसाद न्यौपाने (संखुवासभा) र उपाध्यक्ष टीकाराम चेम्जोङ (धनकुटा) आकांक्षी रहेका छन् ।