
हाङझाउ (चीन), १२ असोज । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत स्क्वासको पुरुष टिम इभेन्टस्मा नेपाल भारतसँग पराजित भएको छ । नेपालको पुरुष टोली भारतसँग ३–० ले पराजित भएको हो ।
बिहीबार सम्पन्न पहिलो खेलमा नेपालका अमृत थापामगर भारतका अभय सिंहसँग २–११, ४–११ र १–११ अंकले पराजित भए । अर्को खेलमा नेपालका अराहन्तकेशर सिंह भारतका महेश मान्गोनकरसँग २–११, ३–११ र ३–११ अंकले पराजित भए ।
यस्तै अमिर ब्लोन भारतका हरिन्दरपाल सिंहसित अन्तिम खेलमा १–११ ,२–११ र ६–११ अंकले पराजित भए । समूह ‘ए’ मा रहेको नेपाल यसअघि कुवेत, पाकिस्तान, कतार र सिंगापुरसित ३–० को सोझो सेटमा पराजित भएको थियो ।
फेन्सिङ पराजित
१९औँ एसियाली खेलकुद अन्तर्गत बिहीबार सम्पन्न फेन्सिङ खेलमा नेपालको पुरुष र महिला टोली पराजित भएको छ । पुरुष साब्रे टोली कजाकिस्तानसँग १५–४५ अंकले पराजित भयो । यस्तै महिला फोइल टोली जापानसँग १०–४५ अंकले पराजित हुँदै क्वाटरफाइनलबाटै बाहिरिएको छ ।
गल्फमा सन्तोषजनक प्रदर्शन
१९औँ एसियाली खेलकुदअन्तर्गत गल्फको व्यक्तिगत स्पर्धामा नेपालले बिहीबार सन्तोषजनक खेल प्रदर्शन गरेको छ । नेपालका शुक्रबहादुर राईले दुई अन्डर ७० खेले । उनी ३१औं स्थानमा रहे ।
यस्तै नेपालका सदभाव आचार्यले एक अन्डर ७१ र सुवास तामाङले पहिलो दिनको खेल सकाए । सदभाव ३८औँ तथा सुवास ४७औँ स्थानमा रहे । युवराज भुजेल ५८औँ स्थानमा छन् । महिला एकलतर्फ सुस्मा सिग्देल १६ ओभर ८८ स्कोरका साथ ३६औँ स्थानमा छिन् । यस्तै कस्मिरा शाह ३८औँ स्थानमा छिन् ।















प्रतिक्रिया