
काठमाडौं, ११ असाोज । चिकित्सक तथा सम्पूर्ण स्वास्थ्यकर्मीको सुरक्षा प्रत्याभूति गर्नुपर्ने भन्दै चिकित्सकहरुले बिहीबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।
मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्कीलगायतका जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि आक्रमण हुँदा पनि राज्यले सुरक्षा प्रदान गर्न नसकेको भन्दै उनीहरूले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा उनीहरूले स्वास्थ्यकर्मी कुट्न पाइँदैन, शान्ति सुरक्षा कायम गर लगायका नारा लगाएका थिए । देशका सबै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (संशोधन सहित)ले गरेको कसूर र दण्ड सजायसँग सम्बन्धित व्यवस्था लागु गर्नुपर्ने उनीहरूको माग छ ।
यता, गृह मन्त्रालयले भने स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाप्रति गम्भीर रहेको जनाएको छ । मन्त्रालयले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने कार्यमा संलग्न देखिएका दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
यस्तै पछिल्लो समयमा देशका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि भएका दुव्र्यवहारका घटनामा संलग्न देखिएका दोषीलाई कानून बमोजिम कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिने निर्णय पनि भएको मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया