७ कार्तिक २०८३, शनिबार

धार्मिक र साम्प्रदायिक सद्भाव खलबलिने कार्य भइरहेको माओवादी केन्द्रको निष्कर्ष (भिडिओसहित)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असोज । नेकपा माओवादी केन्द्रले धार्मिक र साम्प्रदायिक सद्भाव कायम गर्न गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको माओवादी पदाधिकारी बैठकले देशका विभिन्न स्थानमा धार्मिक र साम्प्रदायिक सद्भाव खलबलिने कार्य भइरहेकाले सामाजिक सद्भावलाई कायम गर्न गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिएको हो ।

बैठकपछि माओवादी प्रवक्ता अग्नि सापकोटाले धार्मिक र साम्प्रदायिक सद्भाव खलबलिन नदिन समस्याहरुलाई समाधान गर्ने दिशातर्फ जानुपर्नेमा बैठकको जोड रहेको बताए ।

प्रवक्ता सापकोटाले सामाजिक सद्भाव कायम राख्ने बिषयमा सबै पार्टी पङ्तीहरूले नेतृत्वदायी भूमिकाका साथ गम्भीर भएर सबैसंग छलफल गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै बैठकमा बिद्यालय शिक्षा सम्बन्धी विधेयक र राहत शिक्षकको गुनासोको बिषयमा छलफल भएको र शिक्षकहरुको जायज मागलाई पूरा गर्न सम्बन्धीत पक्षसंग गहन रुपमा छलफल गर्नुपर्ने पार्टीको ठहर रहेको प्रवक्ता सापकोटाले जानकारी दिए ।

उनले जनतासँग माओवादी विशेष रूपान्तरण अभियानलाई प्रभावकारी बनाउने बारेमा पनि बैठकमा छलफल भएको बताए ।