
जनकपुर, ११ असोज । मधेश प्रदेश सरकारले आज बिहीबार प्रदेशभर सार्वजनिक विदा दिएको छ ।
मुस्लिम धर्मावलम्बीको पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा सार्वजनिक विदा दिएको हो ।
प्रदेशको गृह सञ्चार तथा कानून मन्त्रालयका निमित्त सचिव उत्तमप्रसाद खरेलले बुधबार एक सूचना जारी गरी मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा बिहीबार सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिए ।











प्रतिक्रिया