
काठमाडौं । काठमाडौं महानगरपालिका र आन्दोलनरत अभियन्ता ई: बीच सहमति भएको छ ।
बुधबार बेलुका भएको वार्तामा उनीहरुबीच चार बुँदे सहमति भएको हो । सहमति भएसँगै ई: ले आन्दोलनका कार्यक्रमहरु स्थगित गरेका छन् ।
सहमतिअनुसार फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत भएका सामग्रीहरु महानगरले सम्बन्धित धनी यकिन गरी फिर्ता दिइनेछ । त्यस्तै, महानगरले अनौपचारिक क्षेत्रमार्फत हुने व्यापारलाई व्यवस्थित गर्न अध्ययन समिति बनाउने सहमति भएको छ । समितिमा महानगर, अभियन्ताका प्रतिनिधि तथा सरकार प्रतिनिधि रहने उल्लेख छ ।
यस्तै साविकको फुटपाथ, सार्वजनिकस्थलमा व्यापार गरेका व्यवसायीहरूका लागि महानगरपालिकाभित्र कानूनले निषेध गरेका स्थानबाहेकका अन्यन्त्रका उपयुक्त स्थान पहिचान गर्न महानगरले एक हप्ताभित्र पहल गर्ने सहमति भएको छ ।
















प्रतिक्रिया