
काठमाडौं, १० असोज । नेकपा (एमाले) बागमती प्रदेशको अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्षका लागि मकवानपुरका कृष्णप्रसाद दाहाल, रामेछापका कैलाश ढुंगेल, नुवाकोटका केशवराज पाण्डे, रामेछापका केशबहादुर बुढाथोकी र काठमाडौंका सानुकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् ।
एक उपाध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्षका लागि मकवानपुरका सुवासचन्द्र ठकुरी, चितवनका दावादोर्जे लामा, दोलखाका इश्वरचन्द्र पोखरेल, नुवाकोटका नारायणप्रसाद खतिवडा र भक्तपुरका राजेन्द्र राजथलाले उम्मेदवारी दर्ता गराएका हुन् ।
यसैगरी एक सचिवका लागि चार जनाले उम्मेदवारी दिएका छन् । सचिवका लागि रत्ना गुरुङ, नवराज सिलवाल, हस्त पण्डित र राजकुमार अधिकारीले उम्मेदवारी दिएका हुन् ।
दुई उपसचिवका लागि भने १२ जनाको उम्मेदवारी परेको छ । उपसचिवका लागि डबल पाण्डे, टासी लामा, ओमराज पन्त, खड्गबहादुर खत्री, गंगादेवी श्रेष्ठ, भक्तकुमारी लामा, ठाकुरप्रसाद गजुरेल, कृष्णहरि थापा, रमेश महर्जन, प्रेमबहादुर महर्जन, राजेन्द्र श्रेष्ठ र रिता गौतम ढकालले उम्मेदवारी दिएका छन् ।
पाँच पदाधिकारीसहित दुई सय ४० सदस्यीय कमिटीका लागि भोलि बिहान ११ बजेदेखि मतदान सुरू हुने बताइएको छ ।











प्रतिक्रिया