७ कार्तिक २०८३, शनिबार

उपाध्यक्षको बुवाको निधनमा गाउँपालिकामा शोक बिदा !

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असोज । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाकी उपाध्यक्षको बुबाको निधनमा गाउँपालिकाले शोक बिदा दिएको छ ।

गाउँपालिका उपाध्यक्ष शान्ताकुमारी आङबोहाङका बुवा दिलबहादुर आङबोहाङको निधन भएपछि गाउँपालिकामा शोक बिदा दिइएको हो ।

दिलबहादुरको गएराति निधन भएको थियो ।

शोकमा आज गाउँपालिकाको कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य संस्था र शैक्षिक संस्था बन्द छन् ।