२७ कार्तिक २०८३, शुक्रबार

विनोद चौधरीको कम्पनीमा भारतीय आयकरको छापा

4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १० असोज । नेपालका  उद्योगपति विनोद चौधरीको भारतको जयपुरमा रहेको सीजी फुड इन्डिया प्रालिमा भारतीय आयकर विभागले छापा मारेको छ ।

विभागले नेपाली कांग्रेसका सांसद समेत रहेका चौधरीले भारतको जयपुरमा सञ्चालन गरेका चौधरी ग्रुप (सीजी)का तीन कम्पनीमा छापा मारेको हो । विभागले दौसा र सिकरमा पनि छापा मारेको भारतीय सञ्चारमाध्यम जी न्यूजले जनाएको छ ।

आयकर विभागलाई प्राप्त सूचनाका आधारमा चौधरीको कम्पनीमा छापा मारिएको जनाइएको छ । वाइवाइ नुडल्सको नाममा उनले गरेको व्यापारमा कर छलेको आशंका रहेको छ ।

विभागले छापा मार्दा महत्त्वपूर्ण कागजातहरू पनि बरामद गरेको जनाइएको छ ।