१ कार्तिक २०८३, शनिबार

मंगोलियाविरुद्ध नेपालको शानदार जित

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असोज । नेपालले १९औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा शानदार विजयी सुरुवात गरेको छ । बुधबार बिहान नेपालले मंगोलियालाई २७३ रनले पराजित गरेको हो ।

नेपालले दिएको ३ सय १५ रनको विश्वकीर्तिमानी लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रन बनाउँदै अलआउट भयो ।

नेपालको जितमा करन केसी, अभिनाश बोहरा, सन्दीप लामिछानेले समान दुई तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै ३१४ रन बनाएको थियो ।

नेपालका कुशल मल्लले एक सय ३७, रोहित पौडेलले ६१ र दीपेन्द्रसिंह ऐरीले ५२ रन बनाएका थिए ।

नेपालले अब एसियाली खेलकुदमा आइतबार माल्दिभ्सविरुद्ध खेल्ने छ ।