२९ आश्विन २०८३, बिहिबार

सत्तारुढ दलनिकट विद्यार्थी संगठनले काठमाडौंमा निकाल्यो मसाल जुलुस

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । नेपाली शब्दकोशबाट ‘ॐ’ अक्षर हटाउन लागिएको भन्दै नेविसंघले काठमाडौंमा मसाल जुलुस प्रदर्शन गरेको छ ।

‘ॐ’ अक्षर हटाउन खोजिएको भन्दै मंगलबार काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) अघि नेविसंघ आवद्ध विद्यार्थीहरूले मसाल जुलुस प्रदर्शन गरेका हुन् ।

सो क्रममा प्रहरीले हस्तक्षेप गरेर मसाल खोसेको थियो । प्रदर्शनमा सहभागी विद्यार्थीहरूले धर्म परिवर्तन बन्द गर, धर्म मास्न पाइँदैन, ‘ॐ’ अक्षर हटाउन पाइँदैन, डलरवादी होसियार, हिन्दु राष्ट्र कायम गरलगायतका नारा लगाएका थिए ।