
काठमाडौं, ९ असोज । माछापुच्छ्रे बैंकका ग्राहक तथा कर्मचारीहरूले काठमाडौंको चाबाहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरको विभिन्न सेवा तथा सुविधानहरूमा विशेष छुट पाउने भएका छन् ।
छुट दिनेसम्बन्धी सम्झौतामा अस्पतालका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत र माछापुछ्रे बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपानेले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंकका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू, कर्मचारीहरू तथा योनो नेपाल एसबीआई मोबाइल एप प्रयोगकर्ताले ॐ हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग सेवा रेडियोलोजी, प्याथोलोजी, फार्मेसी र फिजियोथेरापी लगायतका सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
माछापुछ्रे बैंकका देशभर १६५ शाखामा १५ लाख भन्दा बढी ग्राहकहरू रहेका छन् । बैंकले १२ वटा एक्सटेन्सन काउण्टर, १३० वटा शाखारहित बैंकिङ सेवा, ७ वटा प्रादेशिक कार्यालय, २०३ वटा एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट बैङ्किङ र एसएमएस बैङ्किङ सुविधा प्रदान गर्दै आइरहेको छ ।













प्रतिक्रिया