२९ आश्विन २०८३, बिहिबार

अर्थतन्त्र सुधार भएकै छैन, जनतालाई सरकारले ढाँटिरहेको छ : केपी ओली (भिडिओ)

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सुधार भएको भनेर सरकारले जनतालाई ढाँटिरहेको बताएका छन् ।

नेपाल उद्योग तथा व्यवसायी महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको निजी क्षेत्रसँग नेकपा एमाले कार्यक्रममा ओलीले देशको अर्थतन्त्र नाजुक अवस्थामा पुग्दा पनि सुधार भएको भनेर सरकारले जनतालाई ढाँटिरहेको बताएका हुन् ।

कोरोनापछि विश्वकै अर्थतन्त्र सुधार भएपछि नेपालको अर्थतन्त्र झन ओरालो लाग्नु चिन्ताको विषय भएको उनले बताए । उनले अर्थतन्त्रमा देखिएको असर व्यवसायीहरुमाथि पनि देखिँदा पनि व्यवसायीहरूको समस्यामा सरकारले कुनै चासो नदेखाएको जिकिर गरे ।

मुलुकको अर्थव्यवस्थालाई ओरालोतर्फ ढकल्नेगरि बजेट ल्याउँदा केही व्यवसायीले निकै राम्रो भनेर बजेटमाथि दिएको प्रतिक्रिया सुन्दा आफूलाई आश्चर्य लागेको उनले बताए । अध्यक्ष ओलीले मुलुकमा धेरै समस्या आउँदा पनि सरकार विभिन्न प्रकरण चलाउँदै कमिशनको चक्करमा लागेको आरोप समेत लगाएका छन् ।

उनले सुन तस्करी प्रकरणमा भरिया नभएर लगानी गर्ने वास्तविक मालिकको खोजी गर्नुपर्ने धारणा पनि व्यक्त गरेका छन् ।

अध्यक्ष ओलीले व्यवसायीहरुको समस्याका बारेमा आफूले राष्ट्र बैंकलगायत सरोकारवाला निकायसँग छलफल गर्ने प्रतिवद्धता जनाएका छन् ।