
काठमाडौं, ९ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फुटपाथमा प्यापार गर्नु काठमाडौंका नेवारी जनताको संस्कृतिको अंश रहेको बताएका छन् ।
काठमाडौं उपमहानगरपलिकाकी उपमेयर सुनिता डंगोलले केही दिनदेखि आन्दोलनरत अभियन्ता ईशान श्रेष्ठ ‘ईस्’ सँग भेटेपछि ओलीले सामाजिक सञ्जालमाफर्त आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
अध्यक्ष ओलीले ृपमेयरले इ: लाई भेट्नु वार्ताबाट समाधान खोज्ने संकेत हुन सक्ने बताउए । उपमेयर डंगोलले भेटेको केही समयपछि ओलीले फेसबुकमा स्टाटस लेखेका हुन्। उनले लेखेका छन्, ‘हो, फुटपाथ हिँड्नकै लागि हो। पैदल यात्री सहज रूपमा हिँडुन् भनेर नै फुटपाथ बनाइएको हो। य
समा कसैको दुईमत छैन होला, मेरो पनि छैन। कुरा परम्परादेखि फुटपाथमा रोजीरोटीका लागि गुजारा व्यापार गरिरहनुभएका मानिसहरूको व्यवस्थापन कसरी गर्ने भन्ने मात्रै हो फुटपाथ व्यापार हाम्रो परम्परागत नेवारी व्यापार संस्कृतिको अंश पनि हो। असन, इन्द्रचोक, भोटाहिटीतिर ५० औं वर्ष अघिदेखि यस्तो चलेको हामीले देखेका थियौं।
पुराना किताब, इतिहास र कथाहरूमा असन, इन्द्रचोकको व्यापारका विषयमा पढ्न पनि पाइन्छ,\ ।















प्रतिक्रिया