
काठमाडौं, ९ असोज । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।
हिजो सोमबार स्थिर रहेको छापावाल सुन आज प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजावी सुन प्रतितोला एक लाख ११ हजार २५० रुपैयाँ रहेको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाले घटेर १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।















प्रतिक्रिया