आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

दाङमा स्तन क्यान्सरको सफल शल्यक्रिया

दैनिक नेपाल २०८० असोज ८ गते २२:२६

तुलसीपुर (दाङ), ८ असोज । दाङको तुलसीपुरमा स्तन क्यान्सरको सफल शल्यक्रिया भएको छ ।

तुलसीपुरस्थित नागरिक केयर अस्पतालमा स्तन क्यान्सरको सफल शल्यक्रिया भएको अस्पतालका सञ्चालक दया ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार दाङमा पहिलो पटक स्तन क्यान्सरको सफल शल्यक्रिया भएको हो ।

वरिष्ठ स्तन क्यान्सर रोग विशेषज्ञ डा. सञ्जय पाण्डेको टोलीले भदौ २३ गते शल्यक्रिया सफल पारेको हो ।

डा. पाण्डे अब प्रत्येक महिनाको शनिबार नागरिक केयर हस्पिटलमा आउने भएका छन् । उनी लामो समय चितवन क्यान्सर अस्पतालमा कार्यरत थिए ।

प्रतिक्रिया
सम्बन्धित