बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

दिनभरका TOP 15 NEWS: सुन तस्करीमा सरकारकै हात, रोकिएन चिकित्सकमाथि हातपात

दैनिक नेपाल २०८० असोज ८ गते २१:४७

काठमाडौं, ८ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्न ढिलाई गरिरहेको बताएका छन् ।

आज सोमबार काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको एमाले बागमती प्रदेश संगठन कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले सरकार सुन तस्करीको छानबिन गर्न नहुने अडानमा रहेको र छानबिन आयोग गठन गर्न ढिलाई गरिरहेको बताएका हुन् ।

उनले छानबिन आयोग गठनमा ढिलाइ नगर्न र आयोगलाई नीतिगत सुधारको सिफारिस गर्ने कार्यक्षेत्रमा सीमित नगर्न सरकारसँग आग्रह गरेका छन् ।

ओलीले छानविन गर्नका लागि आयोग आवश्यक रहेकाले शक्तिशाली बनाउनुपर्नेमा जोड दिए । उनले विद्युतीय चुरोटबाट आएका सुनलगायतका तस्कारीमा सरकारमा बस्नेको नै हात रहेको जिकिर गरेका छन् ।

हेरौँ दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित