
काठमाडौं, ८ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरू भएको एमाले बागमती प्रदेश संगठन कमिटीको पहिलो अधिवेशनको उद्घाटन समारोहमार्फत उनीहरू नेकपा एमाले प्रवेश गरेका हुन् ।
एमाले प्रवेश गर्नेहरूमा राप्रपाका काठमाडौं–मकवानपुरका पूर्वसंयोजक विष्णु प्रसाद बजगाइँ, काठमाडौं–८ का संयोजक एवम् युवा व्यवसायी सदिक शाहीका साथै उडियल शाही, मनिल शाही, सरस्वती शाही, सन्देश शाही, शुभलक्ष्मी शाही, सनोल शाही र किशोर रञ्जितकार छन् ।
यस्तै, नेपाली कांग्रेस परित्याग गरी नेताहरू अशोक पाख्रिन र सञ्जय मुढभरीले पनि एमाले रोजेका छन् ।
एमाले प्रवेश गरेकाहरूलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत नेताहरूले पार्टीमा स्वागत गरे ।













प्रतिक्रिया