२९ आश्विन २०८३, बिहिबार

देश बनाउने अभिभारा एमालेको काँधमा छ : केपी ओली

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको देशको समस्या समाधानको अभिभारा नेकपा एमालेको काँधमा रहेको बताएका छन् ।

नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशन भृकुटीमण्डपमा उद्घाटन गर्दै उनले समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभिभारा नेकपा एमालेको काँधमा रहेको बताएका हुन् ।

नेकपा एमाले समाज रूपान्तरण र विकास, राष्ट्रियताको रक्षा लगायतका विषयमा सदैव गम्भीर रहेको बताउँदै उनले राष्ट्रिय शक्ति र राष्ट्रिय भावनाको प्रतिनिधित्व एमालेले गर्दै आएको दाबी गरेका छन् । अध्यक्ष ओलीले बागमती प्रदेशलाई समृद्ध बनाउन एमाले बागमती प्रदेशले त्यसै अनुसारको नेतृत्व दिनुपर्नेमा जोड दिए ।

एमालेको बागमती प्रदेश अधिवेशन पार्टी र देशविरुद्धको घेराबन्दी तोड्न सफल हुने ओलीले विश्वास व्यक्त गरेका छन् । ‘मिसन २०८४ लाई कसरी पूरा गर्छौं भन्ने कुरामा यो अधिवेशन ऐतिहासिक हुने छ,’ अध्यक्ष ओलीले भने ।