आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

शाइन रेसुङ्गा बैंकको मोबाइल बैंकिङ्ग एपमा आईएमई रेमिट्यान्स सुविधा

दैनिक नेपाल २०८० असोज ८ गते ११:२७

काठमाडौं, ८ असोज । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आइएमई लिमिटेडसँगको सहकार्य गरेको छ । बैंकले आफ्नो मोबाइल बैंकिङ्ग (डिजी साइन) एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको हो । ग्राहकहरूले अब कुनै पनि समयमा आईएमई रेमिटेन्सको रकम सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन् । जसले गर्दा बैंकमा वा आइएमई रेमिटेन्स संकलन गर्ने शाखामा गई लाममा उभिनु पर्दैन ।

आधुनिक बैंकिङ्गलाई आत्मसाथ गर्दै डिजिटल बैंकिङ्गलाई प्राथमिकतामा राखेको यस बैंकले ग्राहकहरुलाई बैंकमा उपस्थित नभईकन पनि अनलाइनबाटै रेमिट्यान्स रकमको भुक्तानी लिन सकिने यस व्यवस्थाले धेरै नै लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

यसअघि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले आफ्नो मोबाइल बैंकिङ एपमा इसेवा रेमिट्यान्स (ईएमटी) सेवालाई पनि एकीकृत गरेको थियो । जसले गर्दा ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपमार्फत रेमिट्यान्स प्राप्त गर्न सक्दथे । आगामी दिनहरुमा अन्य रेमिट्यान्स सेवाहरु पनि एकीकृत गर्ने योजना बनाएको बैंकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित