२७ कार्तिक २०८३, शुक्रबार

राष्ट्रपति पौडेल जनकपुरधाममा

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, ८ असोज  । राष्ट्रपति रामचन्द्र पौडेल जानकी मन्दिर दर्शनका लागि जनकपुरधाम आइपुगेका छन् ।

नागरिकता विधेयक प्रमाणीकरण भएपछि जानकी मन्दिर दर्शन गर्न आउने यसअघिको राष्ट्रपति पौडेलको कार्यक्रम स्थगित भएकोले सोही कार्यक्रमलाई निरन्तरता दिँदै सोमबार बिहान जनकपुरधाम आएका हुन् ।

राष्ट्रपति पौडेलले जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन गरिने कार्यक्रम समेत रहेको छ ।

पौडेलको स्वागतमा जनकपुरधाम उपमहानगरपालिकाले नागरिक अभिनन्दन कार्यक्रमको आयोजना गरेको छ ।