२७ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष झाओबीच भेटवार्ता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असोज । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष झाओ लिजीबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच ग्रेटहल अफ दि पिपलमा भेटवार्ता भएको हो ।

प्रधानमन्त्रीले आजै सोही हलमा चिनियाँ समकक्षी लि छ्याङसँग द्विपक्षीय भेटवार्ता गर्ने छन् । उनीहरुबीच स्थानीय समयअनुसार १०ः५५ मा भेटवार्ता हुन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

द्विपक्षीय भेटवार्तापछि दुई देशबीच विभिन्न सहयोग एवं सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।