२९ आश्विन २०८३, बिहिबार

वैशाख १२ मा बलात्कृत बालिकाको पेटमा गर्भ रहेपछि…

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

भोजपुर, ७ असोज । भोजपुरमा गत वैशाख १२ गते बलात्कृत एक १४ वर्षीया बालिकाको पेटमा करिब पाँच महिनाको गर्भ रहेको भेटिएको छ ।

बालिकाको पेट बढ्दै गएपछि गरिएको परीक्षणबाट गर्भ रहेको देखिएपछि बलात्कारको रहस्य खुलेको हो ।

त्यसलगत्तै प्रहरीमा परेको उजुरीका आधारमा प्रहरीले बालिकालाई बलात्कार गर्ने भोजपुर नगरपालिका–३ दावारबे टोल बस्ने ७२ वर्षीय मानबहादुर श्रेष्ठलाई शनिबार दिउँसो पक्राउ गरेको छ ।

श्रेष्ठले ती बालिकालाई विभिन्न प्रलोभन देखाई गत वैशाख १२ गते जबरजस्ती करणी गरेको र गर्भ समेत रहन गएको प्रहरीले जनाएको छ । पीडितका आफन्तले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।