२९ आश्विन २०८३, बिहिबार

‘मोडल हन्ट नेपाल’को आठौं संस्करण सुरू (फोटो फिचर)

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असोज । ‘मोडल हन्ट नेपाल २०२३’को खोजी सुरू भएको छ ।

नेपाली मोडलिङ प्रतियोगितामा वृहत् र स्तरिय मानिएको प्रतियोगिताको आयोजक नेक्स्ट मोडल्स नेपालले आइतबार एक विज्ञप्ति जारी गर्दै नयाँ संस्करणका लागि आवेदन खुल्ला भएको जनाएको हो ।

युवाको हकमा ५ फिट ६ इन्च र युवतीको हकमा कम्तीमा ५ फिट २ इन्च उचाई हुनुपर्ने प्रावधान रहेको प्रतियोगिताको आवेदन फर्म खल्ती एपबाट पनि भर्न सकिनेछ । फाइनल स्पर्धाका लागि छानिएका प्रतियोगीलाई व्यक्तित्व विकास, शारीरिक बनावट, र्‍याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसन लगायतका ग्रुमिङ कक्षामा सहभागी गराइनेछ ।

प्रतियोगिताको विजेता पुरुष प्रतियोगीले पार्टो रिको देशमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘रनवे मोडल इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्ने र महिला विजेताले थाइल्याण्डमा आयोजना हुने मोडलिङ प्रतियोगिता ‘सुपर मोडल इन्टरनेसनलमा’ नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नाका साथै विज्ञापन, म्युजिक भिडियो अभिनय अवसरको अलवा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन शोमा पनि सहभागीको अवसर प्राप्त गर्ने आयोजक नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।

पछिल्लो समय सौन्दर्य प्रतियोगितामा महिला असुरक्षित भएको आवाज उठ्दै आएको छ । यस सम्बन्धमा पाण्डे आफूहरुले महिलाहरुको हकहित संरक्षण, उनीहरुको सुरक्षाको प्रत्याभूति गराउनका साथै यस्ता प्रतियोगिताले दविएको आवाज बुलन्द गर्न हौसला प्रदान गर्ने बताउँछिन् ।

उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यावसाहिक मोडल उत्पादन गर्ने उद्देश्यले विगत आठ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षण समेत बढ्दो रहेको आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।