२९ आश्विन २०८३, बिहिबार

झापाबाट नारायणमान बिजुक्छेंले भने– सबै जातजाति भाषाभाषीको माग सम्बोधन हुनुपर्छ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, ७ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सबै जातजाति भाषाभाषीहरूको मागलाई सम्बोधन गर्नु सरकारको दायित्व भएको बताएका छन् ।

कोशी प्रदेशको नामकरणमा असहमति जनाउँदै पहिचानवादी समूहले आन्दोलन चलाइरहेको बेला आज विजुक्छेंले देशका सबै भाषाहरूको संरक्षण गरी भाषिक, सांस्कृतिक रूपमा बलियो देश निर्माण गर्न जरुरी भएको बताएका हुन् ।

सोभियत सङ्घले त्यहाँका सबै भाषाभाषीको विकास गरेर देशलाई बलियो बनाएझैँ यो देशलाई पनि त्यसरी नै समृद्ध बनाउन सकिने उनको भनाइ छ ।

उनले नागरिकले आफ्ना हक, अधिकारका लागि आन्दोलित हुनुपर्ने अवस्था आउनु ठीक नभएको धारणा व्यक्त गरेका छन् ।

आफूद्वारा लिखित ‘समाज विकासको एक झलक’ र ‘युक्रेनमा नवनाजीवाद’ पुस्तकबारे अन्तरक्रियामा सहभागी हुन प्रमुख वक्ताका रूपमा प्रस्तुत हुन उनी आज झापा आएका हुन् ।