२९ आश्विन २०८३, बिहिबार

सीआईबीले राम्रो गरे पनि आयोगलाई अनुसन्धानको अधिकार दिनुपर्छ : महेश बर्तौला (भिडिओ)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असोज । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणको अनुसन्धान सुरुवाती विन्दुबाटै गर्नुपर्ने माग गरेका छन् ।

आयोगको कार्यादेशका बारेमा विभिन्न दलका सचेतकबीच आज सिंहदरबारमा भएको छलफलमा उनले सुन तस्करी प्रकरणमा सीआईबीले राम्रो काम गरे पनि आयोगलाई सबै अनुसन्धान गर्ने अधिकार दिनुपर्ने बताएका हुन् ।

सुन तस्करीमा पर्दा पछाडिका व्यक्तिमाथि छानविन गर्न आयोग गठनको माग गरिएकाले सबै अनुसन्धान गर्ने क्षेत्राधिकार दिएर आयोग गठन गर्नुपर्ने अडान उनले लिएका हुन् ।

सुन तस्करीको समग्र अनुसन्धान गरेर सरकारलाई प्रतिवेदन बुझाउने र त्यसका आधारमा राज्यको निकायले अभियोजन प्रक्रिया अघि बढाउनुपर्ने माग राख्दा असहमति राख्नुपर्ने कुनै कारण नरहेको उनको भनाइ छ ।

हेर्नुहोस् भिडिओ–