
काठमाडौं, ७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेले ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानमा सरकार अलमलिएको बताएका छन् ।
आज आइतबार सिंहदरबारबमा बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा उनले कता अलमिलियो भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्न सोत गरेका हुन् ।
बैठकमा उनले विभिन्न ठाउँहरूमा साम्प्रदायिक घटना गराएर शान्ति सुरक्षा खलबल्याउने षडयन्त्र समेत भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
बैठकमा समितिका अन्य सदस्यहरुले पनि साम्प्रदायिक घटना, शान्ति सुरक्षाका साथै विभिन्न प्रकरणको अनुसन्धानका विषयमा प्रसङ्ग उठाउँदै सरकारको ध्यनाकर्षण गराएका थिए ।
त्यस्तै, समिति सदस्य रघुजी पन्तले सर्लाहीको मलंगवामा भएको धार्मिक दङ्गा लगातार हुँदा पनि प्रशासनले यसलाई रोक्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए । त्यस्तै, उनले प्रधानमन्त्रीको दबाबमा सेनाका सहायक रथी यमबहादुर अधिकारीको पदावधि थप गरिएको भन्दै आपत्ति जनाए ।
हेर्नुहोस् भिडिओ–













प्रतिक्रिया