
काठमाडौं, ७ असोज । नेपाल क्रिकेट संघ (क्यान)ले एसियाली खेलकुदमा भाग लिन चीन जाने राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरूको बिदाइ गरेको छ ।
आइतबार बिहान काठमाडौंमा एक समारोहका बीच क्यानका नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का लगायतका पदाधिकारीहरूले चीन जाने खेलाडीहरूलाई बिदाइ गरेका हुन् ।
नेपाली लेग स्पीनर सन्दीप लामिछाने भने आज टिमसँग नजाने भएका छन् । काठमाडौं जिल्ला अदालतले उनीविरूद्धको नाबालिग बलात्कार मुद्दाको सुनुवाइ आज राखेका कारण सन्दीप चीन नजाने भएका हुन् । सन्दीप भोलि जाने बताइएको छ ।
त्यस्तै चोटका कारण टोलीका स्पिनर ललित नारायण राजवंशीले खेल गुमाउने भएका छन् । उनको ठाउँमा सागर ढकाललाई टिममा समावेश गरिएको क्यानले जनाएको छ ।
















प्रतिक्रिया