
काठमाडौं, ७ असोज । सभामुद देवराज घिमिरे आज आइतबार स्वदेश फर्किंदै छन् । उनी एक साता लामो आयरल्याण्डको औपचारिक भ्रमण सकेर बिहान ९ः३० बजे कतार एयरलाइन्सबाट स्वदेश फर्कन लागेको उनको सचिवालयले जनाएको छ ।
भ्रमणको अन्तिम दिन शुक्रबार सभामुख घिमिरेले आयरल्याण्डका राष्ट्रपति माइकल डी. हिगिन्ससँग शिष्टाचार भेट गरेका थिए ।
राजधानी डब्लिनस्थित राष्ट्रपति कार्यालयमा भएको भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बारेमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
सभामुख घिमिरेले भ्रमणका क्रममा त्यहाँका सभामुख, मन्त्रीहरूलगायतसँग भेटवार्ता तथा संसदको अवलोकन गरेका थिए ।











प्रतिक्रिया