बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

दिनभरका TOP 15 NEWS : प्रधानमन्त्रीले भेटे चीनका राष्ट्रपति, क्रिकेटको केन्द्रीय व्यवस्थापनमा पारस

दैनिक नेपाल २०८० असोज ६ गते २१:३१

काठमाडौं, ६ असोज । अमेरिका हुँदै हिजो चीन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज त्यहाँका राष्ट्रपति सी जिनपिङसँग औपचारिक भेट गरेका छन् ।

झेजियाङको राजधानी सहर हाङ्झाउमा १९औं एसियाली खेलकुदको उद्घाटन समारोहअघि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधि मण्डल र चिनियाँ राष्ट्रपति सी नेतृत्वको टोलीबीच हाङ्झाउमा औपचारिक भेटवार्ता भएको हो । भेटमा समसामयिक विषयमा कुराकानी भएको बताइएको छ ।

यस्तै, पूर्वक्रिकेटर पारस खड्का क्रिकेटको केन्द्रीय व्यवस्थापन गर्ने ठाउँमा पुगेका छन् । उनी नेपाल क्रिकेट सङ्घको सचिव पदमा निर्वाचित भएर केन्द्रीय व्यवस्थापन गर्ने ठाउँमा पुगेका हुन् । आज शनिबार भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी प्रशान्त विक्रम मल्ललाई पराजित गरी उनी सचिव पदमा विजयी भएका हुन् ।

हेरौँ आज दिनभरका मुख्य–मुख्य समाचारहरूका शीर्षकरूसहितको भिडियो बुलेटिन–

प्रतिक्रिया
सम्बन्धित