२९ आश्विन २०८३, बिहिबार

‘काण्डहरू’ चलाएर देशको विकास हुँदैन : केपी ओली

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न काण्डहरु चलाएर देशको विकास हुन नसक्ने बताएका छन् ।

आज शनिबार भक्तपुरमा दीपेन्द्र राज गिरी स्पाइनल नेत्र प्रतिष्ठानको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले सरकारले अहिले विभिन्न तस्कारी काण्डहरु चलाएको भन्दै त्यसले देश विकास हुन नसक्ने बताएका हुन् ।

उनले देशलाई सफल बनाउन नातागोता परिवारवाद र व्यक्तिगत स्वार्थ त्याग गर्नसक्नुपर्ने जिकिर गरे ।

अध्यक्ष ओलीले देशको मूल्यमान्यतामा कसैका व्यक्तिगत स्वार्थ स्वीकार्य नहुने स्पष्ट पारे । देशका लागि काम गर्दा आफू नेतृत्वको सरकारलाई जोडतोडका साथ परिवर्तन गर्दा मुुलुक अहिलेको अवस्थामा आएको भन्दै आफूहरू पुन: जाग्ने र देशलाई सफल बनाएरै छाड्ने दावी गरे ।

उनले मुलुकको अवस्था नाजुक रहेकाले सबै नागरिकले सोच्नुपर्ने बेला आएको भन्दै परिवर्तनका लागि नागरिकहरु नै अग्रसर हुनुपर्नेमा जोड दिए ।