
काठमाडौं, ६ असोज । नेकपा (माओवादी केन्द्र)का पूर्वकेन्द्रीय सदस्य कुलानन्द गिरी नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
आज शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्दै गिरी एमाले प्रवेश गरेका हुन् । गिरीसँगै सानुमाया मगर पनि एमाले प्रवेश गरेकी छन् । उनीहरुलाई अध्यक्ष ओली र महासचिव शंकर पोखरेलले टिका र खादा लगाएर पार्टीमा स्वागत गरे ।
लामो समय रोल्पामा शिक्षण गरी योगदान गरेका गिरी माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराका सहपाटी हुन् ।












प्रतिक्रिया