
काठमाडौं, ६ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन पुगेका छन् ।
चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड एक साता लामो भ्रमणका लागि चीन पुगेका हुन् ।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर उनी सिधै चीन पुगेका हुन् । उनलाई हाङजाओ विमानस्थलमा चिनियाँ खेलकुद मन्त्री एवं १९औँ एशियाली खेलकुद प्रतियोगिताका प्रमुख गाओ झिदानले स्वागत गरे ।

प्रधानमन्त्री प्रचण्ड आजै १९औँ एशियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनेछन् । उनले आजै चिनियाँ राष्ट्रपति सी जिनपिङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।











प्रतिक्रिया