२७ कार्तिक २०८३, शुक्रबार

अनेरास्ववियु दोलखाको अध्यक्षमा रामचन्द्र केसी सर्वसम्मत निर्वाचित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असोज । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु दोलखाको अध्यक्षमा रामचन्द्र केसी सर्वसम्मत निर्वाचित भएका छन् ।

शुक्रबार भएको २१औँ जिल्ला अधिवेशनले केसीको नेतृत्वमा ५१ सदस्सीय कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।

कमिटीको उपाध्यक्षहरुमा सुवोध पोखरेल, विजय मोक्तान र विपिन्द्र खतिवडा, सचिवमा सुदिप पोखरेल, सहसचिवहरुमा विष्णुराज गुरुङ, सुदिप जिरेल र प्रमिला दाहाल सर्वसम्मत निर्वाचित भएका छन् ।

यसैगरी, कोषाध्यक्षमा उमेश रोकाय र कार्यलय सचिवमा शंकर पाठक चयन भएका छन् ।