बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

दिनभरका TOP 15 NEWS: शिक्षकहरूको आन्दोलन फिर्ता, उच्चस्तरीय समिति बनाउन आलटाल

दैनिक नेपाल २०८० असोज ५ गते २२:२४

काठमाडौं, ५ असोज । आन्दोलनरत शिक्षक संगठन र सरकारबीच शिक्षासम्बन्धी विधेयकमा संशोधनलगायतका सात बुँदे सहमति भएको छ ।

आज शुक्रबार गृह मन्त्रालयमा भएको वार्तामा दुईपक्षबीच सात बुँदे सहमति भएको हो । सहमतिसँगै नेपाल शिक्षक संगठनले आन्दोलन स्थगित गरेको छ ।

यसैबीच, सरकार र शिक्षक महासंघबीचको सहमतिमा राहत शिक्षकले भने असन्तुष्टि जनाएका छन् । सहमतिमा आफूहरूको माग नसमेटिएको भन्दै राहत शिक्षकले असहमति जनाएका हुन् ।

नेपाल राहत शिक्षक संघका प्रतिनिधि असन्तुष्टि जनाउँदै वार्ताबाटै बाहिरिएका थिए । ४५ हजार राहत शिक्षकको माग सहमतिपत्रमा नसमेटिएको राहत शिक्षक संघले जनाएको छ ।

हेरौँ दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित