आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

राष्ट्रिय चिकित्सा शिक्षा ऐन परिमार्जन गर्ने तयारी भइरहेको छ: स्वास्थ्यमन्त्री बस्नेत

दैनिक नेपाल २०८० असोज ५ गते १५:२९

काठमाडौं, ५ असोज । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ लाई परिमार्जन गर्ने तयारी भइरहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले ऐनमा भएका कमीकमजोरीलाई हटाएर राम्रा कुरा समेट्दै परिमार्जन गर्ने तयारी भइरहेको बताएका हुन् ।

उनले स्वास्थ्य मन्त्रालय, राष्ट्रिय चिकित्सा शिक्षा आयोगका प्रतिनिधिसंग ऐन परिमार्जनका बिषयमा छलफल सुरु भइसकेको बताए । बस्नेतले बिरामीका आधारमा स्वास्थ्य जनशक्ति उत्पादन हुन नसकेको र अझै पनि २९ हजार दरबन्दी आवश्यक रहेको उनको भनाइ छ ।

मन्त्री बस्नेतले मौलीक हकसँग जोडिएको स्वास्थ्य र शिक्षासम्बन्धी बिषयमा सरकार गम्भीर रहेको भन्दै गरिब, विपन्न, वृद्ध, बालक, निमुखालाई निशुल्क आधारभुत स्वास्थ्य सेवा उपलव्ध गराउन सरकार तत्पर रहेको जिकिर गरे ।

नि:शुल्क स्वास्थ्य सेवा क्रमश सबै प्रदेशमा उपलब्ध गराउने उनको भनाइ छ । मन्त्री बस्नेतले सूर्तिजन्य वस्तुको शीर्षकमा उठेको कर क्यान्सर रोगीको उपचारमा खर्च गर्ने र केही रकमले आवश्यक दरबन्दी सिर्जना गर्न सकिने धारणा राखे ।

प्रतिक्रिया
सम्बन्धित