७ कार्तिक २०८३, शनिबार

शिक्षा विधेयकको विरोधमा प्रदर्शनमा उत्रिएका १७ जना पक्राउ

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । शिक्षा विधेयकको विरोधमा प्रदर्शनमा उत्रिएका १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाहरू विधेयकको विरोधमा प्रदर्शनमा उत्रिएका मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठनका विद्यार्थीहरू हुन् ।

सिंहदरबारको दक्षिण गेटको निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।