७ कार्तिक २०८३, शनिबार

शिक्षा विधेयकमा धेरै त्रुटी छन्, सच्याउछौँ: गगन थापा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असोज । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले विद्यालय शिक्षा सम्बन्धी विधेयकमा धेरै त्रुटी रहेकाले संसदबाट सच्चाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

काठमाडौंको श्री नंदी माध्यामिक विद्यालयमा कम्युटर ल्याबको उद्घाटन गर्दै थापाले विद्यालय शिक्षा सम्बन्धी विधेयक सरकारको प्रस्तावमात्रै भएकाले यसमा रहेका धेरै त्रुटीहरुलाई संसदबाट सच्चाउने प्रतिवद्धता जनाएका हुन् ।

उनले संसदलाई विश्वास गरेर शिक्षकहरुले आफ्नो आन्दोलन स्थगित गर्नुपर्ने र सरकारले पनि विधेयकमाथिको असन्तुष्टिलाई सच्चाउने प्रतिवद्धता गर्नुपर्ने जिकिर गरे ।

थापाले शिक्षकहरुको आत्मसम्मान, मर्यादालाई ध्यान दिनुपर्ने र शिक्षकलाई आवश्यकता अनुसारको सुविधाको ग्यारेन्टी विधेयकमार्फत गर्नुपर्नेमा जोड दिए ।

थापाले अहिलेको विधेयक कम्तीमा पनि २० बर्षका लागि हुने भएकाले हतार नगरी संशोधनका आधारमा अन्तिम टुङ्गो लगाउनुपर्ने धारणा व्यक्त गरे ।

थापाले अहिलेको अवस्थामा देशभरका बिद्यालयमा विद्यार्थीहरुलाई सिकाइको अवस्था परिवर्तन गर्नुपर्ने जिकिर गरे । श्री नंदी माध्यामिक विद्यालयमा डेल्टिन नेपाल प्रालिले कम्प्युटर ल्याव स्थापना गरेको हो ।