
काठमाडौं, ५ असोज । अमेरिकामा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज न्युयोर्कबाट सिधै चीन जाने भएका छन्।
चीनका समकक्षी ली क्वानको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड आज चीनको हाङझाव जान लागेका हुन् ।
स्थानीय समयअनुसार प्रधानमन्त्री आज राती साढे १ बजेको फ्लाइटबाट हाङझाव प्रस्थान गर्न लागेका हुन् । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका हुन् ।
हाङझावमा प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति सी चिनफिङसँग भेट्ने कार्यक्रम छ। भोलीदेखि सुरू हुने एसियाली खेलकुदको उद्घाटन समारोहमा सरिक भएपछि प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीबीच भेट्ने कार्यक्रम तय भएको छ।















प्रतिक्रिया