२७ कार्तिक २०८३, शुक्रबार

सरकार र आन्दोलनरत शिक्षक महासंघबीचको बैठक सर्‍यो

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असोज । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीचको बैठक सरेको छ ।

आज बिहान साढे नौ बजे बस्ने भनिएको बैठक तयारी पूरा नभएकोले आजै अपरान्ह बस्‍ने गरी सरेको बुझिएको छ । सरकार र महासंघ दुबै पक्षले वार्ता समिति बनाइ वार्ता बस्ने तयारी गरेको छ ।

यसअघि हिजो बिहीबार सरकार र महासंघ दुई पटक वार्तामा बसेको थियो तर वार्ता निष्कर्षविहिन बने पछि आज बिहान बस्ने तयारी थियो ।

बिहीबार बिहान उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग वार्ता भएको थियो भने साँझ पुनः गृहमन्त्री श्रेष्ठ, अर्थमन्त्री डा प्रकाशशरण महत, सञ्चारमन्त्री रेखा शर्मा, शिक्षामन्त्री अशोक राई र कानुनमन्त्री धनराज गुरुङसहितको टोलीले शिक्षक महासंघसँग वार्ता बसेको थियो ।

सरकारले ल्याएको शिक्षा विधेयकविरुद्ध देशभरका शिक्षकहरु विद्यालय बन्द गरेर काठमाडौं केन्द्रित आदोलन गरिरहेका छन् ।

गएको बुधबारबाट सुरु भएको शिक्षकहरुको आन्दोलन आज पनि जारी रहने आन्दोलनको नेतृत्व गरिरहेको शिक्षक महासंघले जनाएको छ । सरकार विधेयक नसच्चाए काठमाडौं केन्द्रित आन्दोलन जारी रहने महासंघले जनाएको छ ।

शिक्षक आन्दोलनले देशभरको सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ भने आन्दोलनले काठमाडौं उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बनेको छ ।