
काठमाडौं, ४ असोज । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुन बुधबार चीनको हाङझाव प्रस्थान गरेका छन् ।
सदस्य–सचिव घिसिङलाई राखेपका निमित्त सदस्य–सचिव प्रकाशकुमार कुसारी र प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्लले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।
हाङझाव एसियाडमा सहभागी हुन टेबलटेनिस, फेन्सिङ र सुटिङ टोली पनि बुधबारै चीन प्रस्थान गरेको छ । हाङझाव एसियाड यही असोज ६ गतेदेखि औपचारिकरूपमा सुरु हुँदैछ ।















प्रतिक्रिया