७ कार्तिक २०८३, शनिबार

शिक्षा विधेयकमा हाम्रो पनि असहमति छ: मेयर बालेन

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असोज । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सरकारले ल्याएको शिक्षा विधेयकमा आफ्नो पनि सहमति रहेको बताएका छन् । बालेनले सामाजिक सञ्जालमार्फत सरकारले विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधान विपरीत रहेको बताएका हुन् ।

झन्डै २ लाख ५० हजार हजार विद्यार्थी र दश हजारभन्दा धेरै शिक्षक आफूहरूको मातहतमा रहेको उल्लेख गर्दै उनले आधारभूत र माध्यमिक शिक्षा स्थानीय सरकारको एकल अधिकारको रूपमा रहेकोले विद्यालय शिक्षा ऐन बनाउने अधिकार पनि स्थानीय सरकारलाई रहेको बताएका छन् ।

संघीय सरकारले संघीय शिक्षा ऐन तर्जुमा गरी राष्ट्रिय शिक्षा नीति तथा मापदण्ड बनाउनुको साटो विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधान विपरीत रहेकोले स्वीकार्न नसकिने उनले स्पष्ट पारेका छन् ।

स्थानीय सरकारले प्रयोग गरिरहेको माध्यमिक शिक्षासम्मको विधायिकी र कार्यकारी अभ्यासबारे अदालतका फैसलाहरूबाट समेत नजिर स्थापित भइसकेको उनले स्मरण गराएका छन् ।

यतिभन्दा पनि शिक्षकहरूले विद्यालय बन्द गरेर पठनपाठनमा अवरोध नपुर्‍याउन आग्रह गरेका छन् । यस्तो अवरोध गरेको खण्डमा कानुन अनुसार कारबाही गरिने चेतावनी दिए ।