
काठमाडौं, ३ असोज । देशभरका शिक्षकहरु विद्यालय बन्द गरेर काठमाडौं आएका छन् ।
सरकारले हालै सदनमा पेश गरेको शिक्षा विधेयकविरूद्ध प्रदर्शन गर्न ७७ वटै जिल्लाका राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारीहरु काठमाडौं आएका हुन् ।
नेपाल शिक्षक महासंघको आह्वानमा आज ११ बजेदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने शिक्षकहरुको तयारी रहेको छ ।
महासंघले सरकारले ल्याएको शिक्षा विधेयक शिक्षकको हितमा नभएको र विधेयक पुनर्लेखन गर्न जरुरी रहेको बताउँदै आएको छ । शिक्षा विधेयकमा सुधार गर्नुपर्ने बुँदाहरुको बारेमा सरकारलाई लिखित जानकारी गराइएको तर कुनै सुनुवाइ नभएपछि सडक आन्दोलनमा आउनु परेको महासंघले जनाएको छ ।
यसअघि महासंघकै अगुवाइमा स्थानीय, जिल्ला, प्रदेश र केन्द्रसम्म पहिलो चरणको आन्दोलन भइसकेको छ । आजबाट विद्यालयनै बन्द गरेर सडक आन्दोलन गर्न लागिएको महासंघले जनाएको छ ।











प्रतिक्रिया