२७ कार्तिक २०८३, शुक्रबार

एमालेले आज संविधान दिवसको अवसरमा नारायणचौरमा विशेष कार्यक्रम गर्दै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज संविधान दिवसको अवसरमा विशेष कार्यक्रम गर्दै छ ।

बिहान ७ बजे काठमाडौंको नारायणचौरमा आयोजना हुने कार्यक्रममा सहभागी भइ राष्ट्रिय झण्डासँग सेल्फी खिच्न एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेका छन् ।

अध्यक्ष ओलीले नागरिकका हक संविधानमा लेखिएका दिन असोज ३ गते ‘मर्निङ वाक नेसनल वाक, सेल्फी विथ नेशनल फ्ल्याग’ नारासहित संविधान दिवस मनाउन आग्रह गरेका छन् । उनले नारायणचौरमा भेट गरी यसपटकको राष्ट्रिय दिवस जनस्तरबाटै भव्यताका साथ मनाउन अपिल गरेका छन् ।

जनताबाट निर्वाचित जनप्रतिनिधिबाट गठन भएको संविधानसभाबाट ३, असोज २०७२ मा संविधान जारी भएको थियो । आज विविध कार्यक्रम गरी देशभर संविधान दिवस मनाइँदैछ । दिवसका अवसरमा आज सरकारले सार्वजनिक विदा पनि दिएको छ ।