
सुर्खेत, २ असोज । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले संविधान सभाका अध्यक्ष एवम् पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनबाट एमालेले राजनीतिको कोसेढुङ्गा गुमाएको बताएका छन् ।
स्वर्गीय सुवासचन्द्र नेम्वाङको स्मृतिमा आज कर्णाली प्रदेशको सुर्खेतमा आयोजित ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सात वटा प्रदेश विभाजनमा पनि नेम्वाङको महत्वपूर्ण योगदान रहेको बताए ।

नेम्वाङलाई आफूहरूले पार्टीमा सल्लाहकारको भूमिकामा देख्ने गरेको बताउँदै उपाध्यक्ष पाण्डेले हिन्दुराष्ट्र हटाएर धर्मनिरपेक्षता लगायो भनेर नेम्वाङमाथि गम्भीर आरोप लगाइए पनि त्यो गलत भएको स्पष्ट गरे ।
कार्यक्रममा पार्टी सचिव लेखराज भट्टलगायत नेताहरूले नेम्वाङले संविधान निर्माण र कम्युनिस्ट आन्दोलनमा पुर्याएको योगदानको स्मरण गरे ।













प्रतिक्रिया