
जनकपुर, २ असोज । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीका उपाध्यक्ष एवम् संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले नेपाली राजनीतिमा छुट्टै मानक स्थापना गरेको बताएका छन् ।
मधेश प्रदेशको जनकपुरमा आयोजित ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले पार्टीभित्र र बाहिर राजनीतिक संस्कार र शालिनताको दृष्टिकोणबाट नेम्वाङले फरक मानक बनाएको बताएका हुन् ।
उनले पार्टीभित्र हुने पटक–पटकको अन्तरविरोधमा रसायन लगाउने काम गर्दै पार्टीलाई सुदृढ र एकताबद्ध बनाउने काममा नेम्वाङको महत्वपूर्ण र असाधारण योगदान रहेको चर्चा गरे ।
यस्तै, पार्टी सचिव योगेश भट्टराईले मुलुकमा भएका विभिन्न कालखण्डको आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका उपाध्यक्ष नेम्वाङको निधनबाट देशलाई नै क्षति पुगेको बताए ।
कार्यक्रममा लीलानाथ श्रेष्ठ, जुली महासेठ, राजकिशोर यादव, प्रदेश मन्त्री सुरिता शाहलगायतले मन्तव्य व्यक्त गरेका थिए ।













प्रतिक्रिया