२९ आश्विन २०८३, बिहिबार

देशका समस्याहरू सबै पार्टी मिलेर समाधान गरौँ : केपी ओली (भिडिओ)

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै पार्टी र पक्षहरु मिलेर देशका समस्याहरु समाधान गर्नुपर्ने परिस्थिति आएको बताएका छन् ।

आज मंगलबार पार्टी कार्यालय च्यासमा आयोजित संविधानसभाका अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको स्मृतिमा आयोजित ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा ओलीले देशकाप्रति जिम्मेवार भएर एकतावद्ध हुनपर्ने र समस्या समाधान गर्नुपर्ने बेला आएको र त्यसो हुन नसके धेरै प्रकारको खतराहरुबाट जेलिन सक्ने बताएका हुन् ।

प्रमुख राजनीतिक दलहरुको नेतृत्वमा धेरै आन्दोलन र बलिदान भएकाले दलहरु गम्भीर भएर अहिलेका उपलब्धिहरुलाइ रक्षा गर्नुपर्ने उनले बताए । अध्यक्ष ओलीले देशमा सुशासन ल्याउनका लागि एमाले प्रतिवद्ध रहेको र स्वार्थका लागि देशमा राष्ट्रिय एकता खलबलिन दिन नसक्ने स्पष्ट पारे ।

उनले गम्भीरता भन्दा भावना र प्रायोजित तथा आयातित कुराबाट दबाब देखिरहेको हुँदा संविधान संशोधन गर्न हतारो गर्न नहुने धारणा पनि व्यक्त गरेका छन् । अध्यक्ष ओलीले तत्कालीन अवस्थामा संविधान जारी नगर्न नेम्वाङलाई दबाब आएको भए पनि बलियो अठोटका कारण संविधान जारी भएको स्मरण गरे ।