२९ आश्विन २०८३, बिहिबार

जनआन्दोलनका सर्वोच्च कमाण्डर थिए गणेशमान (भिडिओ)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असोज । प्रजातन्त्र पुन:स्थापनाका लागि भएको २०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको २६औँ स्मृति दिवस विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ।

जनआन्दोलनका लागि कम्युनिष्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्ने गणेशमान सिंह उक्त आन्दोलनका सर्वोच्च कमान्डर भई सबैको प्रिय बनेका थियो ।

नेता सिंहको २६औँ स्मृति दिवसका अवसरमा कांग्रेसका भ्रातृ एवम् शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गरेका थिए । यसै क्रममा गणेशमान सिंह फाउण्डेशनले काठमाडौंमा गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेको थियो ।

माल्यार्पण कार्यक्रममा कांग्रेसका नेता प्रकाशमान सिंहले जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहले देखाएको सुशासनको बाटोमा हिँडे जनता सुखी र देश समृद्ध हुने बताए । हालसम्म प्राप्त राजनीतिक उपलब्धि उल्ट्याउने षडयन्त्र भइरहेको भन्दै उनले कठोर संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि रक्षाका लागि सबै राजनीतिक दलहरुबीच सहकार्य आवश्यक रहेको जिकिर गरे ।

संघीयता र गणतन्त्र सहितको अहिलेको संविधान असफल बनाउने चलखेल भएपछि कांग्रेस र माओवादी केन्द्रलगायत दलहरुको गठबन्धन बनाउनुपरेको उनको भनाइ छ । गणेशमान सिंहले प्रजातन्त्र प्राप्तिका लागि गरेको संघर्ष, त्याग, बलिदान, आदर्श समाज निर्माणका लागि लोकतान्त्रिक प्रणालीलाई मूल्य मान्यता, विधि र नियमअनुसार चलाउन गरेको संघर्ष अनुकरणीय भएको उनले बताए ।

नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएको थिए । २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए ।

१९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मिएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको थियो ।