
रुपन्देही, २ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ केउलानीमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ ।
गए राति कुटपिटबाट मकवानपुरको हेटौँडाका २४ वर्षीय सुरेश स्याङत्याङको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यलयलका प्रहरी निरीक्षक किशोर केसीका अनुसार दुई समूहबीच झडप भएको थियो । झडपमा परी तीन जना घाइते भएका छन् । घाइतेहरूको मेडिकल कलेजमा भैरहवामा उपचार भइरहको छ ।
सुरेश समेत चार जना घाइतेलाई उपचारका लागि मेडिकल कलेज भैरहवा पठाएकोमा उपचारको क्रममा सुरेशको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।
घटनामा संलग्न आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा नुवाकोटको लिखु गाउँपालिका–४ बस्ने १९ वर्षीय रोमन तामाङसहित आठ जना छन् । घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।













प्रतिक्रिया